२०८१ बैशाख २३ , आइतवार

काठमाडौंमा सहकारी पीडितको प्रदर्शन, वचत गरेको रकम फिर्ता पाउनुपर्ने माग

सुनाखरी न्युज/ काठमाडौं ।

सहकारीमा पैसा वचत गरेका सर्वसाधारणले बिहीबार काठमाडौंंमा प्रदर्शन गरेका छन् । माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सहकारी संस्थाहरुमा आफूले वचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन् ।

 

वचतकर्ताको प्रदर्शनमा विजुलीबजारमा प्रहरीले हस्तक्षेप गरेको थियो । वानेश्वर एभरेस्ट होटल अगाडि प्रहरीले सडकमा बार लगाएर निषेधित क्षेमा प्रदर्शन गर्न रोकेको छ । त्यस क्रममा प्रहरीसँग केहीबेर धकेलाधकेल पनि भएको थियो ।

 

उनीहरुले आफ्नो वचत रकम ब्याजसहित फिर्ता पाउनुपर्ने, सहकारी पीडितलाई राज्य कोषबाट रकम फिर्ता गर्नुपर्नेलगायतका माग राखेका छन् ।