२०८३ श्रावण २१ , बिहिवार

काठमाडौँमा प्लास्टिकको झोला नियन्त्रणको घोषणा

 

सुनाखरी न्युज /  काठमाडौं  – सरकारले बजेटमार्फत प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा आगामी साउन १ गतेदेखि पूर्णरुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । संघीय सरकारले गरेको यो घोषणा तेस्रोपटकको हो ।

 

महानगरपालिकाले प्लास्टिक निषेध अभियानलाई ‘सचेतना, रोकथाम र नियन्त्रण’ विधिबाट कार्यान्वयनमा लैजाने तयारी गरेको छ ।शनिबार नगरप्रहरी बलका अधिकारीहरूलाई प्लास्टिक निषेधको कानुनी प्रबन्ध, यसको व्यवहारिक पक्ष र प्लास्टिकको मोटाइ नाप्ने उपकरण प्रयोगका विषयमा प्रशिक्षण दिएको थियो । ‘कार्यालयको प्रवेश द्वारबाट पोलिथिन लैजान रोक्नु पर्छ,’ उनले भने, ‘यसलाई कडाइका साथ पालना गराउनु पर्छ ।’

 

कामपाले यही साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो माइक्रोनको प्लास्टिकको झोला, प्लास्टिकको पुष्पगुच्छा र माला प्रतिबन्ध लगाइसकेको छ । टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लास्टिकको जाँच गर्नेछ । जाँचिएका पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्नेछ । प्लाष्टिकका फूल, प्लाष्टिकका सजावटका सामानचाहिँ कुनै पनि प्रयोग गर्न पाइँदैन ।