२०८१ बैशाख २३ , आइतवार

काठमाडौं महानगरको पार्किङ शुल्कः दुईपांग्रे र चारपांग्रेको प्रतिघण्टा कति रुपैयाँ ?

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क निर्धारण गरेको छ । दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले  जानकारी दिएकी छन् ।

आम सेवाग्राहीको गुनासो सुनुवाइ गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन सो शुल्क निर्धारण गर्नु परेको उपमेयर डंगोलले बताएकी छन् । जसअनुसार काठमाडौं महानगरपालिका भित्र २ पाङग्रे सवारी साधनले आधा घण्टाको पार्किङ शुल्क भने १५ रुपैयाँ मात्रै तिर्नुपर्ने हुन्छ । एक घण्टाको २५ रुपैयाँ र एक घण्टाभन्दा बढी थप हुँदै गए हरेक १५ मिनेटमा ५र-५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको पनि उपमेयर डंगोलले बताइन् ।

उनका अनुसार ४ पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । यस्तै एक घण्टाका लागि ७५ रुपैयाँ तिनुपर्नेछ । त्यसभन्दा बढी समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ । ‘धेरैको गुनासो, आम नागरिकको गुनासो पार्किङ शुल्क कतै कति, कतै कति । कतै ४ सय भने भने कतै २० रुपैयाँ, कतै २५ रुपैयाँ । कतै ५ सय छ । फरक, फरक भयो । यो हुँदा सेवाग्राही पनि अन्योलमा । र, सेवा दिनेलाई पनि कसरी रेट तोक्ने भन्ने अन्योल । त्यसकारण महानगरपालिकाले शुल्क पनि तोकेको छ,ु पमेयर डंगोलले भने ।

यसैबीच महानगरपालिकाले आफ्नो मातहतका सामुदायिक विद्यालयका शिक्षकहरुलाई मासिक रुपमै तलब उपलब्ध गराउने व्यवस्था पनि गरेको छ । स्रोत भर्ना कोषमार्फत् आफूहरुले सामुदायिक विद्यालयका शिक्षकहरुलाई मासिक रुपमा नै तलब खुवाउने व्यवस्था गरेको उपमेयर डंगोलले बताइन् ।