२०८३ श्रावण २१ , बिहिवार

सर्पको डसाइबाट एक जनाकाे गयो ज्यान

सुनाखरी न्युज/ काठमाडौं । डोटीको केआईसिंह गाउँपालिका–४ मा सर्पको डसाइबाट एक जनाकाे ज्यान गएको छ । सर्पको डसाइबाट ७२ वर्षीया निरन्जनादेवी भट्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज भण्डारीले जानकारी दिनुभयो ।

 

छोरीसँग फोनमा कुरा गरिरहेका बेला भट्टलाई घरको आँगनमै सर्पले डसेकाे थियाे । भट्टलाई उपचारका लागि दिपायलमा रहेकाे शैलेश्वरी अस्पताल लगिएकाेमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।