२०८२ चैत्र २ , सोमवार

बाढी र पहिरोले सडक भत्काउँदा करोडको क्षति

सुनाखरी न्युज /  काठमाडौं – वैशाख १ गतेदेखि हालसम्म बाढी तथा पहिरोका कारण सडकमा २४ करोड ९६ लाख रुपैयाँ बराबरको क्षति भएको सडक विभागले जनाएको छ ।

 

अहिले पनि बाढी र पहिरोका कारण तीनवटा सडक अवरुद्ध छन् ।  बाढी र पहिरोका कारण यो वर्ष करिब २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

विभागका अनुसार एकतर्फी अवरुद्ध भएका सडकको संख्या १३ छ । अवरुद्ध भएर खुलेका सडकको संख्या ५४ रहेको सडक विभागले जनाएको छ ।