२०८१ जेठ ४ , शुक्रवार

गणतन्त्रको जामा लगाएर उदाएका नवसामन्ती र नवधनाढ्यहरुले मुलुकलाई लुट्दा,लुट्दा टाट पल्टाउन लागिसके

Janak Pathak 450300

जनकराज पाठक – मुलुकको विकास निर्माण लाई तिव्रता दिन,नागरिक लाई सुशासन दिन,भ्रष्टाचार लाई निर्मुल पार्न,नव-जबान युवाहरू लाई विदेशिन वाट रोक्न गणतान्त्रिक व्यवस्था पुर्णत असफल भएको छ।

 

यहि व्यवस्था मा वसिरहदा यो सवै विकृति लाई स्विकारि रहनु पर्छ। यो व्यवस्था ले धनी र गरिव विचको फासला निकै वढायको छ।धनी झन धनी र गरिव अझ गरिव बन्दै गएका छना। गणतन्त्रको जामा लगाएर उदाएका नव सामन्ती र नव धनाड्य हरुले मुलुक लाई लुटदा,लुटदा टाट पल्टाउन लागिसकेका छन। किसान,जनजाति,महिला,दलित,मधेसी वा अन्य कसैको जीवनमा यो व्यवस्थाले खासै परिवर्तन ल्याउन सकेको छैन। प्रचण्ड,शेर बा.,ओली,माधव,जस्ता पात्रहरुले गणतान्त्रिक व्यवस्थाको नै प्रतिनिधित्व गर्ने हुदा कुन सरकार कहिले ढल्छ अनि कसको सरकार वन्छ र कसरी मन्त्री वन्ने,को को मन्त्री वन्ने भन्ने सोच त्यागेर जनताको साथ र समर्थनमा गणतन्त्रिक व्यवस्थाको विरुद्ध विद्रोह को तयारी गर्ने समय भइसकेको छ।

 

सबैको आ- आफ्नै चरित्र हुन्छ, आ-आफ्नै धरातल हुन्छ त्यसैको जगमा उभिएर मात्र सुन्दर भविष्यको निर्माण हुनसक्छ भन्ने यथार्थतालाइ भुल्दा आज हामी इतिहासकै कठिन मोडमा पुगेका छौ, यसलाइ मनन गर्दै सुन्दर भविष्य , सुन्दर समाज अनि सुन्दर देशको निर्माण गर्ने हो भने राजा सहितको प्रजातन्त्र,सर्वधर्म समभाव सहितको वैदिक सनातन हिन्दु अधिराज्य अनि सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली नै मुलुकको चरित्र हो भन्ने यथार्थतालाइ बोध गर्न अब ढिलो नगरौ। यसै बाट मात्र नेपाल र नेपालीको हित हुन्छ। सबैको जय होस् ! जय राष्ट्रवाद।