२०८१ बैशाख २५ , मंगलबार

विमानस्थलका ४२ कर्मचारी अनुसन्धानमा तानिए

सुनाखरी न्युज/ काठमाडौं । भन्सारका कर्मचारीकै संलग्नतामा नक्कली बिल बनाएर भन्सार छली गर्ने गरिएको खुलेको छ ।

 

यस्तो कार्यमा संलग्न भएको आरोपमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका ४२ जना कर्मचारीमाथि अनुसन्धान थालेको छ । विदेशबाट नेपाल आयात भएका वस्तुको भन्सार जाँचपास गर्दा नक्कली बिल पेश हुँदा त्यसैका आधारमा ती कर्मचारीहरुले भन्सार जाँचपास गरिदिएको रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।

 

‘राजस्व छली गर्ने उद्देश्यका साथ व्यापारीले खडा गरेको नक्कली बीलकै आधारमा ती कर्मचारीहरुले आयातित वस्तुको भन्सार जाँच पास गरेको देखिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।