२०८३ जेठ ७ , बिहिवार

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्ष

Pashupati32

सुनखरी न्युज काठमाडौं । पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी नाप जाँचमा खटिएको टोली अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्षमा पुगेका छन् ।

आइतबार टोलीले तौल गर्दा जलहरीको १०६.४३२५ केजी मापन गरिएको थियो भने जलहरी कस्न बनाइएको किलाकाँटीको मापन गर्दा १.०३७५ किलो भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक उच्च अधिकृतका अनुसार हाल मापन गरिएको जलहरी र किलाकाँटीमा कति सुन, तामा र पित्तल प्रयोग भयो भनेर छुट्याउन अझै दुई दिन लाग्ने छ । ती अधिकृतका अनुसार बाहिर हल्ला चलेजस्तो ठुलो परिमाणमा सुनमा अनियमितता भएको भने होइन ।

 

आयोगको नेतृत्वको टोलीमा कोष, खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न छन् ।