२०८१ बैशाख २३ , आइतवार

निगमले घटायो हवाई इन्धनको मूल्य

सुनाखरी न्युज / काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

 

निगमले हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ २६ रुपैयाँ घटाउने निर्णय गरेको हो । निगमको विज्ञप्तिअनुसार मंगलबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिकतर्फको साविकको बिक्री मूल्य प्रति लिटर रु १० घटेको छ । जसअनुसार बिक्री मूल्य रु १५० प्रतिलिटर कायम भएको छ ।

 

नयाँ मूल्य निर्धारण भएसँगै आजदेखि हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर १५० रूपैयाँ र अन्तराष्र्टियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार १५० रूपैयाँ कायम गरिएको निगमले जनाएको छ । निगमले पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।