२०८१ जेठ ८ , मंगलबार

यसैलाई भनिन्छ श्रद्धा , सेवा र समर्पण

गोपी ढकाल – जसकाे हृदयमा स्वर्गीय आमा प्रति श्रद्धा छ, जसकाे भावनामा समाज प्रतिकाे सेवा छ अनि जसकाे मस्तिष्क ब्रह्मरन्ध्र नै जनता प्रति समर्पित छ भने यसलाई नै भनिन्छ लक्ष्य सहितको सु-संस्कृत राजनीति ।

May be an image of 2 people, people smiling and hospital
यसैकारण पनि भन्दैछु — माननीय ज्ञानेन्द्र शाही जी ! सिंहासनमा बसेर लक्ष्यभेदन गर्न र मृगासनमा रहेर मुद्दा र एजेन्डालाई लक्ष्यसम्म पुर्‍याउन सफलता मिलाेस भन्ने कामना गर्दछु । किनकि तपाईंका लागि पार्टी अनुकुल छ , मुद्दा र एजेन्डा अनुकल छ , नेतृत्व अनुकूल छ र परिस्थिति पनि अनुकुल बन्दै गएको छ ।सिंहासन भनेकाे कसैकाे गद्दी वा सिंहकाे छालामा बस्नु पर्दछ भनेकाे हाेइन ….. अन्याय ,अत्याचार , भ्रष्टाचार र राष्ट्रघात विरूद्ध सिंह जस्तै निर्भय गर्जदै अघि बढ्नु पर्दछ भनेकाे हाे । मृगासन भनेकाे मृगकाे छालामा बसेर पितृहरूलाई जलपिण्ड दिनु पर्दछ भन्ने किमार्थ हाेइन …. निकुञ्ज भित्रकाे मृगझैं बडाे सजगताले लक्ष्यमा आसिन हुनु पर्दछ भनेकाे हाे ।

May be an image of 1 person and dais

सांसद हरू धेरै छन तर सांसद भएर उपयुक्त स्थानमा , उपयुक्त समयमा र उपयुक्त तरिकाले सत्यमा आधारित हुँदै गरिएकाे अभिव्यक्ति नै त्याे सिंहासन हाे ….. जसलाई विश्वमा रहने अनेकन विचारधाराका भएपनि ती नेपाली हरूले हर्षित हुँदै नजिक बाट हेरिरहेका छन ।
किन्तु मृगासनमा बसेर काम गर्नु पर्दछ भनेकाे मृगकुञ्ज भित्रकाे मृगझैं अनेकन विपत्ति संग सचेत हुँदै सजगताले काम गर्नु पर्दछ भनेकाे हाे । मृग जस्तै सजगताका कारण कसैकाे निसाना बन्नु पर्दैन , पुष्पेश्वर नामक ढाेंगी बाबाका निसाचर हरूले थाप्ने एम्बुस र पासाेमा पर्नु पर्दैन भने भ्रष्टाचारमा माैलाएका ब्वांसाे र हुंडार जस्ता हिंसक चरित्रले रचना गर्ने षड्यन्त्र र चक्रव्यूहमा पनि कहिल्यै फस्नु पर्दैन ।
त्यसैले भन्दैछु — श्रद्धा , सेवा र समर्पण संगै सिंहझैं अभयताले गर्जनाेस अनि मृगझैं सजगताले लक्ष्य तर्फ अघि बढ्नाेस ……. हार्दिक शुभकामना !!!