२०८१ जेठ ६ , आइतवार

सर्वहाराका “आस” हुन कि चरम अवसरवादका दास ?

गोपी ढकाल/ एमालेकाे अल्पमतकाे सरकारमा मनमाेहन अधिकारी प्रधानमन्त्री भएका बेला माधव नेपाल उपप्रधान तथा परराष्ट्रमन्त्री पदमा आसिन रहदा उनि भारत भ्रमणमा गएका थिए । त्यहाँ उनले दक्षिण भारत पुगेर प्रसिद्ध देवस्थल कांची कामकाेठी पिठकाे दर्शन गर्न खाेजे तर त्यहाँका पिठाधिशले कम्युनिस्ट ( म्लेक्ष ) भन्दै मन्दिरमा प्रवेश गर्न दिएनन ।

 

त्यसपछि उनले आफु हिन्दुराष्ट्र नेपालकाे त्याे पनि ब्राह्मण मन्त्री हुं …… भनि पिठाधिश समक्ष याचना गरेपछि दर्शन गरेर फर्किएका थिए । यस्तै चरित्रका कम्युनिस्टहरू बारे कुनै स्वादन , कुनै अस्वादन , कुनै महक र कुनै चहक हुनेगरी आज विनियाेग गर्दैछु …. सर्वहाराकाे थुन्सेले छाेपिएर कम्युनिस्ट महानायक बन्न खाेज्ने खलनायक हरूकाे कर्तुत हरू …. जाे यथार्थतामा आधारित छन । कम्युनिस्ट ( Communist ) भनेकाे त्याे हुन्छ जाे सर्वहारा बर्ग मध्यकाे पनि अगाडी बढेकाे तत्व हाे …. जसलाई अगुवा तत्व भनिन्छ । किन्तु जाे सर्वहारा पनि हाेइन , काेही ब्राह्मण मन्त्री भन्दै देवालय चाहार्छ र काेही गेरू वस्त्रमा पुष्पेश्वर बाबा बनेर महाकालेश्वरल मन्दिर धाउछ , जाे मार्क्सवादी हुँदै हाेइन अनि जाे ऐश्वर्यकाे महलमा बसेर कामुक हुदै भाेगबिलास र विलासितामा मात्र मरिहत्ते हुन्छ भने ….. त्यस्ताे मान्छे नव सामन्त हाे किन्तु सर्वहारा हुनै सक्दैन ।

 

तिनै मान्छेहरू आफुलाई “भन्देउ” — — मार्क्सवाद , लेनिनवाद , माओवाद / विचारधारा कम्युनिस्टकाे आफू अगुवा तत्व हाे भन्दै मुष्ठि देखाएर मार्क्सवादकाे बदनाम गराउने त्यस्ता भडुवा तत्वहरू “र अ ” काे भरिया र इण्डाे पश्चिमाकाे करिया बन्न सक्छन किन्तु सर्वहारा कम्युनिस्टको अगुवातत्व हुनै सक्दैनन । “भरिया ” भनेकाे अरूकाे चिज , वस्तु र विचार भाडामा बाेक्ने ढाक्रेले पाउने मानपदवी हाे भने “करिया ” भनेकाे परतन्त्रका दास वा गुलाम लाई दिइने उपाधि हाे । ” मार्क्सवाद , लेनिनवाद” “माओवादी / विचारधारा” “सर्वहारावादी क्रान्ति ” “अग्रगामी छलाङ्ग” जस्ता नानाथरीका आलंकारिक शब्दाेच्चारण गरि आफू ऐश्वर्यकाे महलमा बसेर गरीब जनतालाई रणभुल्लमा पार्ने ताकपरे तिवारी नत्र गाेतामे चरित्रलाई चरम विकृत्तिको जन्मदाता बाहेक कम्युनिस्ट मान्न सकिन्छ ?

 

कुनैपनि व्यक्ति मार्क्सवादी दर्शन र कम्युनिस्ट विचारधारा बाट जब दिक्षित हुन्छ त्यसपछि — उ सदाका लागि कम्युनिस्ट बन्दछ । उ अन्धविश्वास विरूद्ध र आर्थिक असमानता विरूद्ध बाचुन्जेल सर्वहाराकाे पक्षमा लडिरहेकाे हुन्छ । किनकि अर्काे दर्शन प्रतिस्थापित नभइन्जेल सम्म मार्क्सवाद नै उसका लागि अन्तिम सत्य हुन्छ ….. त्यसकारण उ नै कम्युनिस्ट सर्वहाराकाे अगुवा तत्व हाे ।
* पुष्पेश्वर बाबा बनेर महाकालेश्वर भगवानकाे पूजा गर्नुनै थियाे भने हिजाे धर्मलाई अफिम भन्दै र ईश्वरलाई मानसपुत्र ठान्दै भगवानकाे मन्दिर भत्काइयाे किन ? गेरू वस्त्रमा जनै र रूद्राक्ष धारण गरि मन्दिर भित्र घण्टी बजाउनु नै मानव मुक्तिकाे मार्ग थियाे भने हिजाे त्यस्तै मन्दिरका पुजारीकाे हत्या गरियाे किन ? यस्तै चरित्रलाई नै अग्रगामी छलाङ भन्दै व्याख्या गरिएकाे हाे भने बहुरूपी भनेकाे , ढाेंगीपन भनेकाे र सत्ताकाे दुर्व्यसनी भनेकाे नै प्रचण्डपथ भनियाे भने कम्युनिस्ट नामधारी हरू राताे अनुहार लगाउदै मुष्ठि मुद्रामा जिरिङ्ग हुन्छन किन ?

 

** के राजनीति भनेकाे रमाइलाेका लागि गरिने मनाेरन्जनकाे खेल हाे ? कम्युनिस्ट भन्दै र मुष्ठि उठाउदै जनता लाई झुक्याउन र ठग्नकै लागि सर्वहाराकाे नाममा राजनीति गरिएकाे हाे ? व्यक्तिगत रूपमा पेट पाल्नकै लागि गाउँ गाउँमा पुगेर मार्क्सवादी शिक्षा पढाउनु के त्याे पेटपालाे राजनीतिका लागि नै गरिएकाे थियाे ? देशलाई सपार्नुकाे सट्टा बर्बादिकाे अवस्थामा पुर्‍याउनकै लागि कथित जनयुद्ध गरिएकाे थियाे ? केवल मार्क्सवादी साहित्य पढ्दैमा , अरूलाई खिसी गरेर सामन्तवादी , पूंजीवादी र प्रतिक्रियावादी भन्दै गाली गर्दैमा यस्तै बिकृत मस्तिष्क बाेकेका चतुरे हरूनै कम्युनिस्ट भएपछि मार्क्सवादकाे सम्मान भयाे कि बदनाम भयाे ? हाेइन भने आफुलाई कम्युनिस्ट भन्दैमा र कल्पना र अनुमानकाे संसार खडा गरेर आम नागरिक लाई गुमराहमा राख्दैमा काेहीपनि नटवरलाल हरू कम्युनिस्ट बन्न सक्दैनन ।

 

*** कम्युनिस्ट सिद्धान्त भनेकाे – काम गरेर पनि कसैले भाेकाे बस्नु नपराेस भनेकाे हाे । समाजमा मानिस भएर जन्मेपछि सबै मानिसले पाउने अवसर मानवाेचित रूपमा बराबर पाउनु पर्छ भनेकाे हाे । अवसर पाएर पनि प्रगति गर्न सक्दैन भने त्याे उसकाे क्षमताकाे कमजाेरी हाे तर जन्मकाे आधारमा कसैले पनि अवसर बाट बंचित हुनु नपराेस भनेकाे हाे । मानव भएर जन्मेपछि , सकेकाे परिश्रम गरेपछि पनि आधारभुत आवश्यकता ( गाँस , वास ,कपास ,स्वास्थ्य , शिक्षा , सुरक्षा र समान इज्जत ) बाट कसैले पनि बंचित हुनु नपराेस भनेकाे हाे ।
अविरल रूपमा आउने छ यसै प्रसङ्गमा जाेडिएका लेखहरू कृपया हेर्दै गर्नुहाेला … सबैकाे जय हाेस ।