२०८१ जेठ ४ , शुक्रवार

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतः विश्व बैंक

सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक वर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण  विश्व बैंकले सार्वजनिक गरेको  छ । विश्व बैंकको ग्लोबल इकोनोमिक प्रस्पेक्ट्सिले यस आर्थिक वर्षका लागि ४.१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने प्रक्षेपण गरेको हो ।

यो राष्ट्रिय तथ्यांक कार्यालयले चालू आवका लागि सार्वजनिक गरेको दरभन्दा दोब्बर हो । तथ्यांक कार्यालयले यस आवका लागि २.१६ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमान गरेको छ । यसअघि गत जनवरीमा विश्व बैंकले यो वर्षका लागि ५.१ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेकोमा अहिले त्यसलाई १ प्रतिशत बिन्दूले घटाएको हो ।

आगामी आवमा भने विश्वबैंकले ४.९ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमान छ । त्यस आवमा नेपाल सरकारले भने ६ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमान गरेको छ ।