२०८१ बैशाख १२ , बुधवार

ब्राह्मण लाई गाई दान किन्तु ब्रह्माराक्षस लाई किन गरिन्छ भैंसी दान ?

गोपी ढकाल । मङ्गल कार्यमा ब्राह्मण बाेलाएर गाई दान गरिन्छ भने अमङ्गल कार्यमा ग्रहदशा शान्तिका लागि ब्रह्माराक्षस लाई उभ्याएर भैंसी दान गर्ने वैदिक परम्परा रहेकाे छ । साेही परम्परा लाई पछ्याउदै वर्षाैं अघि प्रचण्डले पनि चतराधाम पुगेर अर्काे एक ब्रह्माराक्षस लाई भैंसी दान गरेका थिए ।

 

भारतमा माेदीकाे दशाग्रह नराम्ररी बिग्रिएर कर्णाटक बाट सत्ता गुमाउनु परेकाे पीडामा छट्पट्याई रहेका उनले याेगी आदित्यकाे सल्लाहमा पुष्पेश्वर बाबा उपाधि प्राप्त एक ब्रह्माराक्षस लाई नर्तकी हरूका बिचमा उभ्याएर मुजुरा नाच देखाउदै भैंसी दान गरि ग्रहशान्ति गरेका थिए । द्वापर युगमा दुनियाँलाई अत्याचार गर्दै हिड्ने राक्षस हरूकाे सुदर्शनचक्रले पुरै वंशनाश गरेपछि एक वृद्ध राक्षस हात जाेडेर श्रीकृष्ण समक्ष विन्ति गर्छ — हे वाशुदेव ! पुरै राक्षस कुलकाे विनाश पछि म सन्तान विहीन भएकाे छु । अत: सन्तान प्राप्त गरि “पुङ्ग नामक ” नरक बाट बचाउन मुक्ति र भुक्तिकाे बाटाे देखाउन याचना गर्दछु भन्दै त्याे वृद्ध राक्षस लम्पसार पर्‍यो ।

 

त्यसरी त्याे वृद्ध राक्षसकाे चीत्कार सहितकाे आर्तनाद देखेर श्रीकृष्ण भन्नुहुन्छ — हे वृद्ध ! ” कलाै ब्राह्मण राक्षस ” । तिमीले आफ्ना सन्तानहरू पुन: प्राप्त गर्ने छाै किन्तु द्वापरमा हाेइन …. कलियुग लागेपछि मात्र तिम्रा सन्तानहरू ब्राह्मण कुलमा जन्मने छन ।
परन्तु हे वृद्ध राक्षस ! ब्राह्मण कुलमा जन्मेका तिम्रा सन्तानले ” यताे धर्मस्तताे जय ” भन्दै मन, वचन र शरीर बाट पदे- पदे असल कर्म गरेभने , आफ्ना पूर्वज हरू प्रति श्रद्धा गर्न जाने भने अनि धर्म , अर्थ , काम र माेक्षकाे बाटाेमा हिडेभने तिम्रा ती सन्तानहरू ब्राह्मण कहलिने छन …. जसका कारण तिमीले माेक्ष प्राप्त गर्नेछाै ।

 

किन्तु हे वृद्ध ! तिम्रा सन्तान ब्राह्मण कुलमा जन्मेर पनि निन्दनीय , अपवित्र र अमङ्गल कर्म गरे भने तिनलाई दुनियाँले ब्रह्माराक्षस भनेर चिन्नेछन । कलियुगमा दुनियाँलाई सताउने पनि तिनै ब्रह्माराक्षस हुनेछन भने तिनैले जन्म दिने मातृभूमि लाई समेत पराई बाट बलात्कार गर्न लगाउदै तिमीलाई पनि “पुङ्ग ” नामक नर्कमा लगेर जाक्ने छन । त्यसपछि तिनीहरू ……… बिच्छी याेनीमा जन्मेर आफैंपनि भ्यागुताकाे आहार हुनेछन । जाे ब्राह्मण हुन तिनीहरू ” तन्मे मन शिवसङ्कल्प मस्तु ” काे मन्त्र जप्दै अनि मेराे मन र हृदयले सधैं मङ्गलमय सङ्कल्प गरिरहाेस भन्दै सदाचारकाे जगमा उभिएर आफ्नाे जीवन पद्धति चलाउछन । तर जाे ब्रह्माराक्षस हरू हुन तिनीहरूले भने मूल्यहीन बाटाे हिडेर अमूल्य वस्तु प्राप्त गर्न नसक्दा …….. माथि आकाशमा बाज देखाएर पुष्पेश्वर बाबाले झैं जमिनकाे परेवा भुर्कुट बनाउछन ।

ब्राह्मण हरूले कन्यादान , गाई दान , भूमिदान र सुन दान लिन्छन तर भैंसी दान , फलाम दान र काट्टाे दान लिदैनन । त्यस्ताे दान ब्रह्माराक्षसले मात्र लिन सक्ने हुदा माेदीले मान्छे चिनेर नै नर्तकीका बिचमा पुष्पेश्वर बाबा बनाएर सजाउदै ब्रह्माराक्षस लाई भैंसी दान दिएर पठाएका हुन । यहाँ पुष्पेश्वर बाबाले भैंसीदान लिए भन्ने हाेइन ….. देशकाे प्रधानमन्त्रीले नै दान बापत हर्षाे बढाई गर्दै यमराज लाई लिएर आएकाले त्यसले देशलाई नै अनिष्ट गराउने त हाेइन … भन्दै चिन्ता प्रकट गरेकाे हाे । किनकि कागलाई यमदुत भनिन्छ भने भैंसीलाई यमराजकाे वाहन मानिन्छ । भैंसी भनेकाे जनना मात्र हाेइन …. रांगाेलाई पनि भैंसी भनिन्छ जाे मृत्युका देवता यमराजकाे वाहन हाे ।