२०८० चैत्र १५ , बिहिवार

गौतमबुद्ध विमानस्थलका लागि भारतले दियो आईएलएस विमानहरू अवतरण गर्ने अनुमति

 

सुनाखरी न्युज / काठमाडौं –  बिहीबार प्रधानमन्त्री मोदीको कार्यालय हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाल–भारतबीच ८ वटा महत्त्वपूर्ण प्रोजेक्टका लागि सम्झौता भएको छ । सोही पत्रकार सम्मेलन लगत्तै सञ्चार माध्यमसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भैरहवास्थित गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा समेत खुल्ला गर्ने गरी दुई देशबीच समझदारी भएको जानकारी दिए ।

योसँगै अब जुनसुकै मौसम वा अवस्थामा पनि उपकरणमा आधारित आईएलएस विमानहरू अवतरण हुन सक्ने भएका छन । यसअघि आईएलएस सुविधा नहुँदा खराब मौसममा गौतमबुद्ध विमानस्थलमा सहज रूपमा विमानहरू अवतरण गर्न पाएका थिएनन ।

अब जुनसुकै मौसममा पनि यो विमानस्थलमा जहाजहरूले उपकरणमा आधारित प्रणालीमा रहेर जहाज अवतरण गराउन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।