२०८१ बैशाख १४ , शुक्रवार

कर संकलन गर्ने तरिका भनेको माहुरीले फूलबाट रस निकालेर मह बनाए जस्तै हुनुपर्छ

मनोज ज्ञवाली । “राज्यले कर संकलन गर्ने तरिका भनेको माहुरीले फूलबाट रस निकालेर मह बनाए जस्तै हुनुपर्दछ।

फूलको रस निकालेर मह बनाउने प्रकियामा फूल अनि बोट दु:खि हुदैन न नष्ट नै हुन्छ बरु परागसेचन प्रकिया पुरा भई फल लाग्दै जान्छ , बिउ बन्दै जान्छ अनि अरु बिरुवाहरू उम्रिन्छन – बगैचा ठूलो हुदै जान्छ अझै बढि फूल फुल्दछन : अझै ठूलो बगैचा र मनग्गे रस अनि मह।” अर्थशास्त्र पढेको होस वा नहोस यति कुरा बुझ्ने अर्थमन्त्री वा उनको सल्लाहकार वा कर प्रशासक देशले प्राप्त गरोस- दुःखका दिन छिटै जानेछन ।

भैँसीको दुधले पेट भरिएन भने घाँस हाल्नुको साटो थुन नै काटेर पोलेर खाएर भोक मेट्न खोज्ने प्रवृतीका प्रशासक, अधिकारी, सुझाब दिने सल्लाहकार विज्ञहरू र दूरगामी असर नबुझ्ने राजनीतिज्ञ हरुका कारण राज्य को आय र GDP मा दूरगामी नकारात्मक असर नपरोस। काम गरी खान खोज्ने मानिसहरु हतोत्साहित नहोउन र पलाएन नहोउन। व्यवसायी र युवाहरूले देश मै भविष्य देख्न सकुन शुभेच्छा!!
जय होस, शुभ होस!!