२०८१ बैशाख ६ , बिहिवार

बंगलादेशले नेपालबाट ५० मेगावाट बिजुली लैजाने

सुनाखरी न्युज/ काठमाडौं । बंगलादेशले नेपालबाट ५० मेगावाट बिजुली लैजाने भएको छ । दुई देशबीच बंगलादेशको ढाकामा भएइको सचिवस्तरीय बैठकले बंगलादेश ५० मेगावाट बिजुली खरिद गर्ने सहमति भएको हो ।

नेपालको बिजुली भारत हुँदै लैजानुपर्ने भएकाले भारतसहित त्रिपक्षीय बैठक गर्ने सहमति पनि भएको छ । सहमति अनुसार नेपालबाट भारत हुँदै बंगलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि विद्युत व्यापार सुरु गरिनेछ । विद्युत् व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि बैठकमा सकारात्मक छलफल भएको छ । त्यसका लागि भारतको सहमति चाहिने भएकाले छिट्टै त्रिदेशिय बैठक समेत हुने भएको छ । भारतले उसको प्रणाली उपयोग गरी बंगलादेशमा नेपालको बिजुली निर्यात गर्न दिन सैद्धान्तिक सहमति जनाए पनि त्रिपक्षीय बैठक भने बोलाएको छैन ।

 

त्यस्तै नेपाल र बंगलादेशबीच ६८३ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त विद्युत आयोजना दुबै देशको संयुक्त लगानीमा निर्माण गर्ने सहमति भएको छ । आगामी ६ महिनाभित्र संयुक्त उपक्रमसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने सहमति भएको बताइएको छ । नेपालको तर्फबाट नेपाल विद्युतु प्राधिकरण र बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डले संयुक्त रुपमा आयोजनमा लगानी गर्नेछन ।