२०८१ बैशाख १२ , बुधवार

नेपालमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट अत्याधिक संक्रामक, घात भने कम गर्ने

Corona

सुनाखरी न्युज/ काठमाडौं ।
कोरोनाको नयाँ भेरियन्ट XBB.1.16 नेपालमा पनि देखा परेको छ। हिजो (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ वटा नमूनाको सिक्वेन्सिङ गर्दा १० वटा नमूनामा XBB.1.16 भेरियन्ट देखिएको हो।

विज्ञहरूका अनुसार XBB.1.16 भेरियन्ट अहिले संक्रिय रहेका भेरियन्टहरूमध्ये बढी संक्रामक रहेको छ। भारतकै तथ्यांक हेर्दा पनि सो कुरा पुष्टी हुन्छ। सोमबारमात्र भारतमा पाँच महिनायताकै धेरै अर्थात् झन्डै चार हजार जनामा संक्रमण देखिएको छ।राजधानी नयाँदिल्ली, मुम्बईसहित दक्षिणी भारतीय सहरहरूमा अहिले संक्रमण तीव्र भइरहेको छ।

विश्वभरको अवस्था हेर्दा कोरोनाका दुईटा नयाँ भेरियन्ट XBB.1.16 र XBB.1.5 बढी सक्रिय छन्। यीमध्ये ह्द्यद्य।ज्ञ।छ बढी अमेरिकामा देखिएको छ भने XBB.1.16 बढी भारतमा फैलिरहेको छ। यी दुईमध्ये भारतमा फैलिरहेको XBB.1.16 भेरियन्ट बढी संक्रामक छ।

छिमेकी मुलुकमा कोरोनाको संक्रामक भेरियन्ट तीव्र गतिमा फैलिनु नेपालका लागि चिन्ताको विषय भएको विज्ञहरूले बताएका छन्।