२०८१ जेठ १ , मंगलबार

वित्तीय क्षेत्रका समस्याबारे अर्थमन्त्रीले गभर्नरसँग गरे छलफल

सुनाखरी न्युज/ काठमाडौ । पछिल्लो समय वित्तीय क्षेत्रमा रहेका समस्याबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् ।

यसअघि उद्योगी व्यवसायी तथा बैंकरसँग भेटवार्ता गरेका महतले मंगलबार गभर्नर अधिकारीसँग छलफल गरेका हुन् । छलफलमा अर्थमन्त्री महतले व्यवसायीको मनोबल बढाउनुपर्ने अवस्था रहेको बताउँदै राष्ट्र बैंकसँग सहकार्य गरेरै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

भेटवार्तामा राष्ट्र बैंकका तर्फबाट अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले वित्तीय अवस्थाबारे जानकारी गराएका थिए । मन्त्री महतले गभर्नरसँग ब्याजदरको स्थिति, ब्याजदर घटाउन सक्ने/नसक्ने अवस्था, सहकारीमा देखिएको समस्याका विषयमा जानकारी लिएका थिए ।