२०८१ बैशाख ८ , शनिवार

सरकार र राष्ट्रबैकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुदै जान्छ : बरिष्ठ उपाध्यक्ष ढकाल

सुनाखरी न्युज/ काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताउनु भएको छ ।

 

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्वोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो , यो समयमा हामी अत्यन्त संकटमा छौ । आर्थिक संकट केही हाम्रा सरकारी नीति , कोभिड र अन्तरराष्ट्रिय घटनाक्रमका कारण उत्पन्न भएको हो । तर पछिल्ला केही समय रेमिटेन्स र पर्यटकको संख्या बढेको छ । यो समयमा सरकार र केन्द्रीय बैकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुदै जान्छ । ढकालले भन्नुभयो, यो समय एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने होईन हातेमालाे गरेर संटकबाट पार लगाउने हो ।

 

बरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आबश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो पछिल्ला दिनमा केही परिमार्जन त भएको छ । रोजगारी सृजना गर्ने अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख एक शक्तिलाई नाफाखोरका रुपमा बुझ्नु गलत हो । मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु उपस्थित कार्यक्रममा ढकालले भन्नुभयो, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश सरकारसंग सहकार्य गरेर अघि बढ्न तयार छ तपाईहरुले वाताबरण बताउनु भयो भने ।

 

उहाँले बरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदबार योग्य र सक्षम रहेको उल्लेख गर्दे सबै प्रदेशको सहमतिको सन्देश बुझ्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो बरु तीन बर्षबाट दुई बर्षे कार्यकाल बनाआौ । तपाईहरु तीनै जना नेतृत्वमा पुग्न सक्नु हुन्छ तर यहि अबस्थामा अघि बढ्दा दुई जना सक्षम व्यक्ति बाहिरिनु पर्ने निश्चित छ । बरिष्ठ उपाध्यक्ष ढकालले आफ्नो कार्यकालमा सम्भव भएसम्म महासंघको प्रत्येक बैठक फरक फरक प्रदेशमा राख्ने जानकारी दिनुभयो ।