२०८१ बैशाख ११ , मंगलबार

तालिमको क्रममा अमेरिकी सेनाका दुई हेलिकप्टर परे दुर्घटनामा

सुनाखरी न्युज/ काठमाडौँ । अमेरिकी सेनाका दुइटा हेलिकप्टर बुधबार राति दुर्घटनामा परेका छन्।

 

बुधबार राति केन्टकीमा प्रशिक्षणमा रहेका अमेरिकी सेनाका दुई ब्ल्याक हक हेलिकप्टर दुर्घटनामा परेको समाचार संस्था रोयटर्सले जनाएको छ। दुई हेलिकप्टरमा रहेका चालक दलका सदस्यको अवस्था अज्ञात रहेको बताइएको छ। अमेरिकी सेनाकी प्रवक्ता नन्डिस थुर्मनले चालक दलसहित स्थानीय समयअनुसार राति १० बजे उडेका दुई ब्ल्याक हक हेलिकप्टर केन्टकीको ट्रिग काउन्टीमा दुर्घटना भएको पुष्टि गरिन्।

 

उनले दुर्घटनाको पूर्ण जानकारी नआइसकेकाले दुर्घटनामा के-कति मानवीय क्षति भयो भन्नेबारे यकिन विवरण नरहेको बताएकी छन्। हेलिकप्टर कसरी दुर्घटनामा भन्नेबारे अनुसन्धान भइरहेको पनि उनले बताइन्। एजेन्सी