२०८१ बैशाख ८ , शनिवार

जर्मनीमा महँगी विरूद्ध हडताल

सुनाखरी न्युज/ काठमाडौँ । जर्मनीमा कर्मचारी तथा मजदुर हडतालका कारण सार्वजनिक यातायात तथा अन्य सेवा प्रवाहका क्षेत्र ठप्प भएका छन् ।

 

बढ्दो महँगी र महँगी अनुसारको वेतन वृद्धिको माग गर्दै जर्मनीका दुई वटा ठूला ट्रेड युनियनले देश ब्यापी २४ घण्टे बन्द आह्वान गरेका हुन् । जसका कारण हवाई, रेल तथा वस सेवा र बन्दरगाह समेत ठप्प भएका छन् । हडतालमा सार्वजनिक क्षेत्रमा काम गर्ने २५ लाख कर्मचारी तथा मजदुर सहभागी भएका छन् । पछिल्ला केही दशक यताको सबै भन्दा ठूलो भनिएको हडतालको समर्थनमा भएको प्रदर्शनबाट पैदल यात्रुलाई समेत हिंड्न कठिन भएको जनाइएकाे छ । हडतालका कारण साेमबार हवाई यात्रु मात्रै ३ लाख ८० हजार जना प्रभावित भएको जनाइएको छ ।

 

रुस–युक्रेन युद्धपछि चर्किंदै गएको महँगीले सर्वसाधारण बाच्नै धौ-धाै हुने अवस्थामा पुगेको भन्दै मजदुर संगठनहरुले विरोधका कार्यक्रम गर्दै आएका छन् । एजेन्सी