२०८० चैत्र १६ , शुक्रवार

सुनचाँदी ब्यवसायलाई घरेलु उद्योगको रुपमा विकास गर्न सकिन्छः राष्ट्रपति पौडेल

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले सुनचाँदी ब्यवसायलाई घरेलु उद्योगकोरुपमा विकास गर्न सकिने बताउनुभएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघको पदाधिकारीसँग शुक्रबार भेट्दै राष्ट्रपति पौडलले घरेले उद्यामकोरुपमा विकास गर्न सकीए यो ब्यवसायवाट धेरै लाभ लिन सकिने धारणा ब्यक्त गर्नुभएको हो ।

नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिनेक्रममा महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा महासंघको प्रतिनिधीमण्डल गएको थियो । महासंघका पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको बर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताउनुभयो । त्यसक्रममा उहाँले घरेलु श्रम र शिपको प्रयोगगरी यो ब्यवसाय सञ्चालन गर्दा राज्य, ब्यवसायी र आम उपभोक्ता सवैलाई फाइदा पुग्ने बताउनुभयो ।

मुलुकको आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘सरकारले पूर्णता पाइसकेको छैन । सरकारले पूर्णता पाए लगत्तै अर्थतन्त्रलाई मजवुत र प्रभावकारी वनाउन आवश्यक परामर्श गरिने बताउनुभयो ।
वर्तमान संकट समाधनका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने पौडेलको भनाई छ । मुलुकभित्र उत्पादन वृद्धि एवम रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो ।
राष्ट्रपति पौडलसँगको भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले आर्थिक विकास र समृद्धिका लागि सुनचाँदी ब्यवसायीका तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष शाक्यले भने, कच्चा पदार्थको अभावमा ब्यवसायीले समस्इा झेल्नुपरेको बताउँदै पर्याप्त कच्चा पदार्थको आयात सुनिश्चितगरी नेपाली गरगहनाको निर्यात प्रवद्र्धनमा ध्यान दिनसक्नुपर्ने खाँचो औंल्याउनुभयो ।

पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवम सर्वसाधारण ऋणीमा गम्भीर असर गरेको भन्दै उहाँले त्यसतर्फ पनि राज्यले ध्यान दिन सक्नुपर्ने धारणा राख्नुभयो ।