२०८१ बैशाख १५ , शनिवार

मकर जितुमाया सुरी हाईड्रोपावरको शेयर बाँडफाँड

सुनाखरी न्युज/ काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडकोे स्थानियबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको ७,६०,००० कित्ता शेयर र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको १,५२,००० कित्ताशेयर कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा बाँडफाँड सम्पन्न भएको छ ।

 

स्थानियबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने स्थानियबासीको हकमा १० कित्ता देखि ९,९९० कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ३,५१४आवेदकहरुलार्ई जम्मा ६,७८,६०० कित्ता शेयर र नेपाल सरकारको सम्बन्धित निकायवाट श्रम स्वीकृत प्राप्त गरीविदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुकोहकमा १० कित्ता देखि २,०१० कित्ता सम्म आबेदन दिने१५,०४१ आवेदकहरुलाई १० कित्ता, र २० कित्ता देखि २,०१० कित्तासम्म आवेदन दिने १२,११७ जना मध्ये गोलाप्रथाबाट १५९ जनालाई थप १० कित्ता गरी जम्मा १,५२,००० कित्ता शेयर बाँडफाँड भएको हो ।

 

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।