२०८१ बैशाख २४ , सोमवार

उपासना र धीरजले रुकुमको मैकोटबाट थाले ‘खुश्मा’को छायांकन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ । फिल्मको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटमा सुरु भएको छ । पहिलो चरणको छायांकन यसअघि मनाङमा सम्पन्न भइसकेको छ ।

मगर समुदायको परिवेशमा निर्माण हुन लागेको फिल्मले दशक लामो सशस्त्र युद्धको क्रममा युवायुवतीबीच अंकुराएको प्रेमलाई देखाउँछ ।मैकोट अभिनेता धीरजको जन्मथलो पनि हो । उनी त्यहाँबाट दुई वर्षको उमेरमा बेलायत गएका थिए ।निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर छन् । सहनिर्मातामा मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् ।

मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन छ ।माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ । यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको छ ।