२०८१ बैशाख ८ , शनिवार

भारतमा कांग्रेस नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

सुनाखरी न्युज /  काठमाडौँ — भारतीय कांग्रेस नेता राहुल गान्धीलाई सुरतको एउटा अदालतले चार वर्ष पुरानो एउटा मुद्दामा २ वर्षको जेल सजाय सुनाएको छ । तुरुन्त उनलाई अदालतले धरौटीमा छाड्ने आदेश पनि सुनाएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा उनलाई अदालतले उक्त सजाय सुनाएको हो ।

 

अदालतले राहुललाई सजायको विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय दिएको छ । सन् २०१९ मा गान्दीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए । मुद्दाको सुनुवाइ भइरहेका बेला राहुल सुरत अदालतमा उपस्थितसमेत थिए । राहुलले कथित रूपमा एक बयानमाकिन सबै चोरका थर मोदी छ ? भनेको आरोप लागेको छ ।

 

राहुल गान्धीमाथि भारतीय दण्ड संहिताको धारा ४९९ र ५०० अन्तर्गत रहेर मुद्दा दायर गरिएको थियो । भारतीय दण्ड संहिताको धारा ४९९ मा आपराधिक मानहानिको कसुरमा अधिकतम २ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी प्रावधान छ । सन् २०१९ को लोकसभा चुनावको प्रचारप्रसारका क्रममा कर्नाटकको कोलारमा उक्त विवादास्पद भनिएको बयान दिएको आरोप छ । हिन्दुस्तान टाइम्सका अनुसार राहुल गान्धीलाई १० हजार रुपैयाँमा धरौटीमा छाडिएको हो । अदालतको आदेशलगत्तै राहुल गान्धीले महात्मा गान्धीको भनाइ फेसबुकमा सेयर गरेका छन्, ुमेरो धर्म सत्य र अहिंसामा आधारित छ ।