२०८१ बैशाख ७ , शुक्रवार

सडक बत्तीमा मिटर जडान गरिदैँ

सुनाखरी न्युज/ काठमाडौं । अब सडक बत्तीको पनि मिटर जडान गर्नुपर्ने भएको छ। नेपाल विद्युत प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै जडित सडक बत्तीको खपत मापन गर्न मिटढर जडान गर्नुपर्ने व्यवस्था गरिएको जानकारी गराएको हो। सडक बत्तीको मिटर जडान कार्य यथाशीघ्र गर्न प्राधिकरणले सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडा कार्यालयहरुलाई आग्रह गरेको छ।

 

सडक बत्तीका लागि सिंगल फेज इनर्जी मिटर प्राधिकरण निःशुल्क उपलब्ध गराउने पनि सूचनामा जानकारी गराइएको छ। एउटा सिंगल फेज इनर्जी मिटरबाट १०० वाटको ५० वटाभन्दा बढी सडक बत्तीको विद्युत खपत मापन गर्न सकिने हुँदा प्रत्येक सडक बत्तीका लागि छुट्टाछुट्टै इनर्जी मिटर उपलब्ध नगराइने र मिटरको क्षता तथा सडक बत्ती जडान रहेको क्षेत्रका आधारमा सम्बन्धित वितरण केन्द्रसँग समन्वय गरी स्थानीय निकायले छुट्टै केवल तानी सडक बत्तीका लागि मिटर जडा गर्नसमेत प्राधिकरणले आग्रह गरेको छ।

 

प्राधिकरणअन्तर्गतको वितरण केन्द्रहरुको सहमति नलिई विद्युत लाइनबाट सडक बत्ती जडान नगर्न पनि सूचनामा आग्रह गरिएको छ। सडक बत्तीको बाँकी बक्यौता विद्युत महसुल शीघ्र भुक्तानी गर्न प्राधिकरणले आग्रह गरेको छ। सडक बत्तीको महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी व्यहोर्नुपरिरहेको सूचनामा उल्लेख छ।