२०८१ बैशाख ६ , बिहिवार

राष्ट्रपतीको लागि हुने निर्वाचनमा तठस्थ वसेर राप्रपाले आफ्नो परिचय दिन सक्नु पर्छ

✍️ जनकराज पाठक ।ठुलो धनराशि खर्च गरेर जालझेल र धोखाधडिमा विदेशीले वोकाइदियको भारिभित्र उपहारको रुपमा आयको संविधान र यसले व्यवस्था गरेको सेरेमोनियल पद(राष्ट्रपती)निर्वाचनको लागि भइरहेको प्रक्रिया र वनेका,भत्कियका फेरि वनेका गठवन्धन राजनीतिक निकासको लागि नभइ केवल राजनीतिक स्वार्थ पूरा गर्नेे दाउपेचको लागि भइरहेको सवैले वुझेका छन।

 

राष्ट्रपति आलंकारिक पद हो,आलंकारिक पद भनेको कार्यकारी अधिकार प्राप्त संस्थाले गरेका निर्णय हरु अनुमोदन गर्ने मात्र हो।सक्रिय जीवन राजनीतिमा व्यथित गरेका र शक्तिको सदैब प्रयोग गर्दै आयका व्यक्ति हरुलाइ सेरेमोनियल रुपमा राख्न सकिदैन।सिरकले छोपेर राख्दैमा विरालो ले म्याउ नगर्ने हैन।तसर्थ विगमा झै अहिलेको राष्ट्रपति पनि राजनीतिक रुपमा निरपेक्ष वस्न कदापि सक्दैनन र यो अभिभावकिय संस्था हुन सक्दैन जो विचारले नै राजनीति भन्दा माथि उठेको छैन। संविधानको संरक्षक र पालकको रुपमा रहेको राष्ट्रपतीको पद र भुमिका विगतमा पनि निष्पक्ष थियन र भविष्यमा पनि हुदैन।अहिले जो व्यक्ति हरु लाई राष्ट्रपतीमा प्रतिस्पर्धा गराइदैछ तिनिहरु जिवनभर शक्तिको प्रयोग गरिआयका व्यक्तिहरु हुन।तिनिहरु वाट निष्पक्षताको आसा गर्नु मुर्खता हुन्छ।

 

विचार र सिद्धान्त वाट स्खलित क्रियासिल दल र तिनिहरुका प्रतिनिधि वाट प्रजातन्त्र पनि सुरक्षित रहन सक्दैन।विषय राष्ट्र पति को हुने मात्र हैन प्रजातन्त्र सुरक्षित रहने,नरहने पनि हो।शक्ति प्रयोगवाट अभ्यस्त दलगत प्रतिनिधि लाई राष्ट्र प्रमुख वनाउदा उनिहरु पटक,पटक आफ्नो दलगत स्वार्थमा केन्द्रीत रहेका उदाहरण छन र विवादित पनि छन।त्यसैले दल भन्दा माथि उठेको संस्था राष्ट्र प्रमुखमा रहनु पर्ने आजको आवस्यकता हो।

यस परिवेशमा राप्रपा ले राष्ट्रप्रमुख मा राजसंस्था रहनुपर्छ भनि गर्दै अायको वकालत थप सान्दर्भिक देखियको छ।संविधान को परिधिभित्र रहनेगरि निष्पक्ष संस्थाको रुपमा राजसंस्था लाइ स्थापना गर्न सकियो भने यसले प्रजातन्त्र लाइ मजवुद वनाउछ।आज यहि विषय राप्रपा भित्र पनि पेचिलो वन्दै गयको छ।आफ्नो मुलभत सिद्धान्त लाई राप्रपाले सत्ता संग साटन वा जोडन मिल्दैन। राष्ट्र प्रमुखमा राजसंथा,हिन्दुराष्ट्र यसका प्राण हुन।कसैले मीठो वोल्दैमा,कोहि कसैको नजिक हुदैमा,कसैले कसैलाइ शक्तिमा पुराइदिने लोभलालचमा हामिलाइ आफ्नो सिद्धान्त विर्सने छुट छैन।क्रियासिल प्राय सवै राजनीतिक दलहरु विचार र सैद्धान्तिक रुपमा स्खलित भइसकेको अवस्थामा राप्रपा आफ्नो विचारमा हिमाल झै अटल छ।तसर्थ राप्रपा लाई गलत गर्ने छुट छैन त्यसलाई मध्यनजर गरेर राप्रपाले राष्ट्रिपति को लागि हुने निर्वाचनमा तठस्थ वसेर आफ्नो परिचय दिन सक्नु पर्छ।यो परिवेशमा हिमाल,पाहाड,तराइ,सवै भेगका नागरिकले सम्मान गर्ने संस्थाको रुपमा राजसंस्था स्थापना गरेर प्रजातन्त्र लाइ थप सुदृढ वनाउन राप्रपा दृढ रहनु पर्छ।

 

त्यसैले मुलुक निर्माणमा अतुलनिय योगदान गरेको राजसंस्था लाइ हिजो हामिले विदेशी को इसारामा होस वा कसैको कुण्ठाको कारण हटायर गम्भीर गल्ती गरेका छौ। आज इतिहासले त्यो गल्ती स्विकार्ने र सुधार्ने अवसर सवै राजनीतिक दलहरु लाइ दियको छ। सवैले मान्ने गरेको आदर्सपुरुष प्रजातान्त्रिक आन्दोलनमा उचाइ प्रप्त गरेका स्व.विपी कोइराला लाइ मनैदेखि सम्झने दिन आयको छ।व्यक्तिगत रुपमा आफुले राजसंस्थाको कारण दुख पाय पनि वृहत नेपाली राष्ट्रिय हितको निमित्त किन उनले जिवनभर राजसंस्थाको पक्षमा वकालत गरे आजको पिढिले त्यो विर्सन हुन्न। इतिहास सधै भविष्यको मार्गदर्सन भयर रहन्छ। यो सत्यलाइ आत्मसात गर्दै प्रजातन्त्र वचाउन र मुलुक लाइ प्रजातान्त्रिक माध्यमवाट विकासको युगमा लान सवैले पुराना रिस,राग,कुन्ठा त्यागेर राष्ट्रप्रमुखमा राजसंस्था रहने गरि वृहत सहमति कायम गराउन छलफलको सुरु गरौ ।

 

मुलुक को ठोस आवस्यकताको ठोस विष्लेषण गरि प्रजातन्त्र लाइ थप वलियो र मजवुद वनाउदै अगाडि वढनुपर्ने गम्भीर दायित्व यतिवेला क्रियासिल राजनीतिक दलहरुको काधमा अायको छ यस परिवेशमा लडाइको मोर्चा अाफैले सम्हाल्द‌ै हरेस नखाइ मुलुक निर्माणमा योगदान पुरायका,प्रजातन्त्र स्थापनार्थ गद्दी दाउमा लगायका,विदेशी हरु सामु कहिले लम्पसार नपरेका,मुलुक लाइ पटक,पटक उपनिवेश हुनवाट जोगायका,गद्दी त्याग गर्दा समेत पत्रकार सम्मेलन गरेर पाखा लाग्न सक्ने क्षमता प्रस्तुत गरेको शक्ति लाइ पुनःस्थापना गरेर प्रजातन्त्र लाइ थप वलियो वनाउद‌ै वृहत राष्ट्रिय हितमा अगाडि वढनको निमित्त सवैदलहरुमा चेतना आवस।

✍️जनकराज पाठक निर्वाचित केन्द्रीय सदस्य राप्रपा ।