२०८१ बैशाख ६ , बिहिवार

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुन: रवि लामिछाने

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने चयन भएका छन् ।

रास्वपाको आज बसेको केन्द्रीय समिति बैठकले उनलाई सभापतिमा चयन गरेको हो । नागरिकता प्रकरणमा सर्वोच्च अदालतको शुक्रबारको फैसलाले उनको सबै पद गुमेको थियो ।

 

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुन: नागरिकता लिएसँगै बसेको रास्वपाको बैठकले उनलाई सभापतिमा चयन गरेको प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए ।