२०८० चैत्र १५ , बिहिवार

‘अनागरिक’ रवि लामिछाने आज नागरिकता लिन जाँदै

सुनाखरी न्युज/ काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो फैसलाले ‘अनागरिक’ सावित हुनभएका निवर्तमान गृहमन्त्री रवि लामिछाने आज नागरिकताको प्रमाणपत्र लिँदै हुनुहुन्छ ।

 

जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा गएर आज उहाँले नेपाली नागरिकताको प्रमाणपत्र लिनुहुने बताइएको छ । बबरमहस्थित जिप्रकामा गएर यहाँले आवश्यक प्रक्रिया पूरा गरेपछि नागरिकता पाउने बताइएको छ । दोहोरो नागरिकताका कारण केही वर्षअघि नै यो विवाद उठेको भए पनि उहाँले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया नअपनाउँदा उहाँ अनागरिक घोषित हुनुभएको छ ।

 

अवैध नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको शुक्रबारको फैसलाबाट लामिछानेको सांसद पद, पार्टी सभापति पद र गृहमन्त्रीको पद समेत खारेज भएको छ।