सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । आज (सोमबार) बसेको कांग्रेस पदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकमा पार्टीका पूर्वपदाधिकारी समेत सहभागी थिए । राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिए पनि उम्मेदवार कसलाई बनाउने भन्नेबारे टुंगो लागिसकेको छैन । कांग्रेसले आफू सरकारमा नभए पनि राष्ट्रपतिमा भने दाबी गर्दै आएको छ ।
संसदको सबैभन्दा ठूलो दल भए पनि आफ्नो नेतृत्वमा सरकार बनाउन नसकेको कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भने विश्वासको मत दिएको थियो । सो अनुसार राष्ट्रपतिमा दाहालको पार्टी माओवादी केन्द्रले सघाउँछ कि भन्ने आशा कांग्रेस नेताहरुले राखेका छन् ।