२०८१ बैशाख १५ , शनिवार

राप्रपाका मन्त्रीहरूको कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर अनिवार्य

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरुले आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाह तस्बिर राख्ने भएका छन् । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पार्टीले मन्त्रीहरूको कार्यकक्षमा राष्ट्रपिता शाहको तस्बिर राख्न अनिवार्य गरेको बताए ।

 

नवनियुक्त उपप्रधानमन्त्री एवं ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देन मङ्गलबार मन्त्रालयमा पदभार ग्रहण गर्दै । सरकारमा राप्रपाबाट एक उपप्रधान, २ मन्त्री र एक राज्यमन्त्री रहेका छन् । राप्रपाले वर्तमान सरकारमा सामेल हुनेमा लागि पुस २७ मा पृथ्वीजयन्तीको दिन बिदा दिनुपर्ने सर्त अघि सारेको थियो । त्यसैअनुसार सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ।

 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, विक्रम पाण्डे सहरी विकास र ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री छन् भने दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री छन् । मंगलबार अपराह्न मन्त्रीको शपथ लिएपछि राप्रपाका मन्त्रीहरू पशुपतिनाथको दर्शन गर्न गएका थिए । त्यसपछि आफ्नो कार्यालय पुगेर पदबहाली गरेका थिए ।