२०८१ बैशाख १५ , शनिवार

प्रतिनिधि सभाको सभामुख चयन गर्न संसद सचिवालयले सार्वजनिक गर्‍यो कार्यतालिका

सुनाखरी न्युज/ काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयन गर्न संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म सभामुखका उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन्।

 

एक जनाभन्दा बढीको उम्मेदवारी परेमा सभामुख चयन गर्न बिहीबार मतदान हुने छ। सत्तारूढ गठबन्धनको भागबन्डामा सभामुख एमालेको भागमा परेको छ। सत्ता गठबन्धनका एकजुट हुँदा गठबन्धनका उम्मेदवारको पक्षमा सजिलै बहुमत पुग्ने देखिन्छ। एमालेबाट सांसद देवराज घिमिरे सभामुख उम्मेदवार बन्ने प्रबल सम्भावना छ।

सभामुख बन्ने दौडमा एमाले सांसदहरू पृथ्वीसुब्बा गुरूङ, विद्या भट्टराई, छविलाल विश्वकर्मा पनि छन्।