२०८१ बैशाख १६ , आइतवार

बागमतीको सभामुखमा भुवन पाठक निर्वाचित

सुनाखरी न्युज/ काठमाडौं । बागमती प्रदेशसभा सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् ।

 

शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक निर्वाचित भएका हुन् । राप्रपा महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् । उनको विपक्षमा ३९ मत परेको छ भने ७ जना प्रदेशसभा सदस्य तटस्थ बनेका छन् ।

 

शुक्रबार नै बागमती प्रदेशसभाले प्रमुख विपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।