२०८२ फाल्गुन २९ , शुक्रवार

डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता पदमा नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले पोखरेललाई महान्यायाधिवक्ता नियसक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन् ।पोखरेलले यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुन विज्ञको रुपमा काम गरेका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । पोखरेललाई आजै राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी गरिएको छ ।