२०८० चैत्र १५ , बिहिवार

नासोको रुपमा श्रीपेच छोडेर गएको शक्ति लाई सम्बोधन गरियोस्

Janak Pathak 450300

जनकराज पाठक ।
१)राजतन्त्र र राजसंस्था नितान्त दुइ फरक चिज हुन।राजतन्त्र ले शाशन गर्छ भने राजसंस्था प्रजातन्त्र को परिधिभित्र एकताको प्रतिकको रुपमा उपस्थित जनाउछ।जसले प्रजातन्त्र लाइ थप वलियो वनाउन मद्दत गर्छ।बेलायत,स्पेन,नर्वे,स्विडेन ,जापान लगायत का देशहरूमा राजतन्त्र छैन केवल एकताको प्रतिक को रुपमा राजसंस्था छ।नेपालमा पनि राजतन्त्र हैन राजसंस्था को आवस्यकता दिनप्रतिदिन वढदै गयको वहस चलेको छ।राजतन्त्र र राजसंस्था को विचको फरक यहि हो।नेपाली जनता ले चाहेको राजसंस्था हो तन्त्र हैन।

 

२)नेपाल को राजसंस्था ले २००७ सालमा जाहानिया राणा शाशन को विरुद्ध प्रजातन्त्र स्थापनार्थ राजगद्दी समेत दाउमा लगायको इतिहास ताजै छ।अाजको नेपाल खडा गर्ने एकमात्र संस्था राजसंस्था हो।२०४६को राजनीतिक परिवर्तन को समयमा नेपाल लाइ भुटान हुनवाट जोगाउने संस्था पनि राजसंस्था नै हो।अझ ०६२/६३ को अान्दोलन पछि शान्तिपूर्ण रुपमा प्रजातन्त्र लाइ सहयोग पुराउदै विना रक्तपात पत्रकार सम्मेलन गरेर अाफ्नो राजगद्दी र श्रीपेज नासो को रुपमा छोडेर शान्तिपूर्ण रुपमा देशभित्र नै जिवनयापन गर्ने गरि अगि वढेको संस्था पनि राजसंस्था नै हो।यो सत्य र यथार्थता लाइ अव वुझ्न ढिला गर्नु हुदैन।

 

३)संसारमा अाजका धेरै सम्पन्न देशहरूमा राजसंस्था हटेर फेरि फर्केका उदाहरण छन।त्यस्तो किन हुन्छ भने त्यो देशको ठोस अावस्यकता को परिवेश के हो ?त्यसमा भर पर्छ।नेपालको भौगोलिक अवस्था र नेपालमा राष्ट्रिय एकताको लागि साझा संस्था को रुपमा अाज देशभरि राजसंस्था को पक्षमा अावाज उठिरहेको छ।सार्वभौम जनताको यो माग अब माग मात्र रहदैन यसलाई सम्बोधन नगरे आन्दोलनको ज्वारभाटा उठने छ र यो ज्वारभाटाले यो व्यवस्थाको अन्त्य हुने निश्चित छ।

 

४)गणतन्त्र उच्चतम सिद्धान्त हुदै हैन। उच्चतम सिद्धान्त भनेको देशको ठोस अावश्यकताको परिवेशमा त्यसले कत्तिको योगदान गरेको छ वा छैन त्यो संग जोडिन्छ ।

 

कुनै पनि सिद्धान्त ले त्यो देशको जनताको अाकाक्षां लाइ कुनहद सम्म स्विकारेको छ मुल प्रश्न त्यो हो। अन्तमा:-निर्वाचन सम्पन्न भइ नया सरकार वन्ने चरणमा मुलुक प्रवेश गरेको छ।निर्वाचनमा कुनै दलले वहुमत हासिल गरेको छैन।सरकार दुई वा दुइभन्दा वढि दलको वन्ने निश्चित छ।

 

यसरी सरकार वन्दै गर्दा हिजो श्रीपेच नासोको रुपमा छोडेर गयको यउटा शक्ति पनि मुलुकमा छ भन्ने हेक्का रहोस र सरकार निर्माण संगै वस्ने संसदको वैठक वाट त्यो शक्ति लाई स्थान दिइयोस।त्यसले मुलुकमा राजनीतिक स्थिरता दिन्छ। सवैको जय होस।

राप्रपा केन्द्रिय सदस्य जनकराज पाठक