२०८२ फाल्गुन २९ , शुक्रवार

दोलखाको प्रतिनिधिसभातर्फ कार्कीको सुरुवाती अग्रता

सुनाखरी न्युज/ काठमाडौं । प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले सुरूवाती अग्रता लिएका छन्। कार्कीले ३ हजार ६ सय १८ मत ल्याएका छन् र नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १ हजार ८ सय मता प्राप्त गरेका छन।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले एक सय १८ मत ल्याएका छन् भने राप्रपाका विजय खड्काले ५२ मत ल्याएका छन्।

मतगणना जारी छ। यहाँ मंसिर ४ मा भएको मतदानका क्रममा केही केन्द्रमा धाँधली भएपछि बिहीबार पुन मतदान गरिएको थियो ।