२०८३ बैशाख १५ , मंगलबार

मकवानपुर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी

सुनाखरी न्युज/ काठमाडौँ । मकवानपुर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह विजयी भएका छन्। मतगणनाको अन्तिममा परिणाम उल्ट्याएर सिंह विजयी भएका हुन्।

सुरूमा तेस्रो स्थानमा रहेका सिंहले अन्तिम परिणाम २७८१६ मत पाए भने पहिलेदेखि अग्रता लिइरहेकी कांग्रेसकी डिना उपाध्यायले २५४३४ मत पाइन्।

एमालेको चुनाव चिन्हबाट लडेका कमल थापाले २५४२० मत पाएका छन्।