सुनाखरी न्युज/ जुम्ला । जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाही फराकिलो मतले विजयी भएका छन् ।
निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरलाई फराकिलो मतले हराउँदै शाहीले विजयी हासिल गरे । शाहीले २२८१९ मत पाए भने माओवादी केन्द्रकी कुँवरले ११ हजार ९५९ मत पाइन् ।
नकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६५२८ मत पाए ।



नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह) ११९५९
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ६५२८
नेपाल मजदुर किसान पार्टी ९५५
स्वतन्त्र ५४५