२०८१ बैशाख ७ , शुक्रवार

डेंगी नियन्त्रणमा सरकार चुकेको एमालेको आरोप

सुनाखरी न्युज / काठमाडौँ — नेकपा ९एमाले०ले डेंगी रोग नियन्त्रणमा सरकार चुकेको आरोप लगाएको छ । बुधबार एमालेका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले देशव्यापी रुपमा फैलिएको डेंगी रोगका कारण उत्पन्न स्वास्थ्य प्रकोपसम्बन्धी गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त प्रकोपलाई नियन्त्रण गर्न सरकार चुकेको आरोप लगाएका हुन् ।

 

विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा हाल देशव्यापी रुपमा फैलिएको डेंगु रोगको कारण उत्पन्न स्वास्थ्य प्रकोपका सम्बन्धमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । भट्टराईले डेंगु रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन गर्न, विरामीको पहिचान र परीक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न आग्रह गरेका छन् । एमालेले डेंगी रोगको मूल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन गर्न, बिरामीको पहिचान र परीक्षणलाई व्यापक र सहज बनाउनस अस्पतालको सेवा विस्तार गर्नस जनशक्ति र बजेट थप गर्नस तीनै तहका सरकारलगायत विभिन्न सरकारी गैरसरकारी निकायका बीचमा समन्वयात्मक परिचालन गर्नस सिटामोललगायत औषधिको सहज उपलब्धताका लागि माग गरेको छ ।

 

 

पछिल्लो तथ्यांकअनुसार २०७९ साउनदेखि देखापरेको डेंगी रोगबाट हालसम्म १९ हजार संक्रमित भइसकेका छन् ।गएको साउनदेखि देखापरेको डेंगु रोगबाट पछिल्लो तथ्यांकअनुसार १७ हजार ५९४ जना प्रभावित भएका छन् । डेङ्गुबाट मृत्यु हुनेको संख्या २१ पुुगेको छ भने देशका ७५ जिल्लामा यो रोगका लक्षण फैलिएको छ ।