२०८१ बैशाख ८ , शनिवार

गुमेको पहिचान स्थापित गर्न राप्रपाको उपस्थित अनिवार्य

सुनाखरी न्युज /काठमाडौं । सरकारले मंसिर ४ गते निर्वाचन घोषणा गरेसंगै दलहरु आआफ्नै ढंगले निर्वाचन केन्दि्रत हुन थालेका छन।लोकतन्त्रको नाममा एकातिर पाचदलिय गठवन्धन जमेको छ भने,यो गठवन्धन लाइ हर तरहले चुनौती दिदै एमाले पनि आफ्नो गतिमा छ।माओवादीको चुनावचिन्ह लाइ साझा प्रयोग गर्दै वावुराम र वामदेव को पार्टीले पनि अभ्यास गर्दै छ।मुलुक र जनताको जनजिवन संग सम्बन्ध नराख्ने,लोकतन्त्रको नाममा जसरि पनि सत्ता कव्जा गर्नु पर्छ भन्ने उदेश्य लियर हिडेका माथिका दलहरु पुनएकपटक जनता झुक्काउने कसरत गर्दैछन।

 

गत निर्वाचन लाई समीक्षा गर्ने हो भने एमालेको नेतृत्वमा तत्कालीन वाम गठवन्धनले झन्डै दुई तिहाई मत प्रप्त गरेको थियोे तर त्यो जनमतको दुरुपयोग गर्दै आपसि विवाद र आत्मकेन्द्रित राजनीतिका कारण समय पूरा नहुदै गठवन्धन टुटेर शेर वा.को नेतृत्वको सरकारले निर्वाचन गराउदै छ। विषेशत नेपाली राजनीतिमा पुराना दलको रुपमा स्थापित यी दलहरुले प्रेस स्वतन्त्रता,जिउ धनको सुरक्षा,न्यायिक स्वतन्त्रता भन्दा पनि दलिय स्वार्थ,अझ दलभित्रको गुटक स्वार्थमा केन्द्रित राजनीति गरेका कारण जनताको जनजिविकाको सवलमा चासो र चिन्ताहरु राखेनन।मुख्यता भ्रष्टाचार,पैसा अनि सत्ता केन्द्रित यी दलहरुलाइ जनताले मंसिर ४ गते सजाय दिने दिन नजिकिदै गयको छ।दर्जनौं भ्रष्टाचारका मुद्दा,आफू र आफ्ना आसेपासेका भरणपोषण केन्द्रित दलहरु लाई उपयुक्त जवाफ दिने दिन आइरहेको छ।

 

मुलुकको सत्ता लामो समय देखि कांग्रेस र कम्युनिस्टको नियन्त्रणमा छ।यहि कारण आज मुलुकको आर्थिक अवस्था दयनीय हुदै जादैछ। मुलुक आर्थिक रुपमा श्रीलंकाको पथमा नजानिदो ढंगले जादैछ।केवल जीवन यापन को निमित्त दैनिक मलेसिया र खाडिमा जाने युवाहरुको भिड वढदो छ।एकै ठाउँ एकहजार जनाले काम गर्ने कुनै कलकारखाना र उध्योगधन्दा मुलुक भित्र छैन।हिजो भयका पनि प्राय सवै ध्वस्त भइसके। मुलुकको पाचहजार वर्ष पुरानो संस्कृति विदेशी को दवाव र प्रभावमा हरायको छ,२५० वर्ष पुरानो राजसंस्थाको यसैगरि निलम्बनमा परेको छ।यो परिवेशमा फेरि माक्सवाद वाट गान्धीवादी वनेका वावुराम हरु,होलिवाइनको रसदपानमा रमायका माकुनेहरु,व्यक्तिहत्याको जगमा उदाउका प्रचण्डहरु,पदलोलुप शेर वा हरु एकतावद्द भयर मुलुक लुटन फेरि निर्वाचन केन्द्रित छन।

 

यो समयको हाकँ लाई चुनौती दिदै मुलुक निर्माणमा उल्लेखय योगदान गरेको,राजसंस्था लाई स्थापित गराउन ,पश्चिमाहरुको दवावमा ल्याइयको धर्मनिरपेक्षता लाई खारेज गर्न,महारोगको रुपमा रहेको संस्थागत भ्रष्टाचार लाई अन्त्य गर्दै शुसासन कायम गर्न,नेपाली लाई नेपालमै रोजगार उपलब्ध गराउन,देशभित्रै कलकारखाना,उध्योगधन्दा स्थापित गराउन,रोजगार मुलक शैक्षिक नीति अवलम्बन गराउन,नैतिक योग्य र क्षमतावान,मुलुक संचालनमा दक्षता हासिल गरेकाहरुको उपस्थित रहेको राप्रपाले पनि निर्वाचनमा भाग लिदैछ।

 

यो निर्वाचन यी दुई पक्षको निमित्त अग्निपरिक्षा पनि हो।यो परिक्षामा दलहरु कसरी उत्रिन्छन र जनताको साथ कता रहन्छ त्यो त समयले वताउला तर आजको आवश्यकता भनेको राष्ट्रियताको जगमा उभिएको,प्रजातन्त्र लाई प्राण ठान्ने,प्रतिस्पर्धात्मक आर्थिक प्रणालीमा विस्वास गर्ने राप्रपाको हो। आज मुलुक लाई राजनीतिक स्थिरता तर्फ लान,सुखि नेपाली र समृद्ध नेपालको कल्पना गर्न,सवैखालको निरंकुशताको अन्त्य गर्न,प्रजातन्त्र लाई थप मजवुद वनाउन,गरिव किसान,दलित,आदिवासी सवैको मुहारमा उज्यालो ल्याउन र विदेशीको दवावमा जवरजस्ति आयको संविधानमा जनतको भावना लाई समावेश गर्न राप्रपाको उपस्थिति अनिवार्य छ।

 

प्रजातन्त्र लाई जोगाउन र चिरकाल सम्म स्थाइ राख्न,मलुकको अखन्डता कायम गर्न मुलुकमा राजसंस्था सहितको प्रजातन्त्रको विकल्प छैन यो विकल्प पूरा गर्ने दल केवल राप्रपा मात्र हो त्यो मानेमा पनि राप्रपाको सानदार उपस्थिति अनिवार्य छ। विषेशत नेपाली राजनीतिमा मध्यमार्गी धारको रुपमा उदायको राप्रपा नया लोकप्रिय नेतृत्व सहित अहिले स्थापित छ।युवा नेतृत्व,जनपक्षिय ऐजेन्डा यसका मुख्य आधार हुन। राप्रपाको चिन्तन गरिव लाई मुक्ति दिलाउन,भ्रष्टाचार विरुद्धको संघर्ष तथा नया समाज निर्माणका आधार हो।जनता लाऊ कानुनी मात्र नभइ अवसरमा समेत समानता दिने चिन्तन राप्रपाले वोकेको छ।यो चिन्तनको जगमा उभियको राप्रपाले अवसर पायको खन्डमा मुलुक लाई कायापलट गर्ने क्षमता राख्दछ।

खर्चिलो तथा अव्यवहारिक संघिय व्यवस्था ले मुलुकको आर्थिक अवस्था करिव टाट उल्टदै छ।तीन तहको करको मारमा जनता पिडित छन।पचासौं लाख युवाहरुले विदेशमा वगायको पसिना वाट प्राप्त विप्रेषणले मुलुक चलाउन परेको छ।परराष्ट्र नीति सत्ता जोगाउन मात्र केन्द्रित छ।विदेशी दवाव र प्रभावमा एमसिसि जस्ता राष्ट्रहित विरुद्धका समझदारी हरुले मुलुक कता जाने हो थाहा छैन।देश वेरोजगार उत्पादन गर्ने कारखाना सरह छ,सुखि नेपाली र समृद्ध नेपाल केवल नारामा सिमित छ। सरकार सरकार जस्तो देखदैन,अदालत वाट न्याय प्राय असम्भव छ।संसद संसद जस्तो देखिदैन।देशमा इमान र निष्ठाको अन्त्य भयको छ। यो परिवेशमा मुलुक लाई नया उज्यालो विहानि तर्फ लान राप्रपाले लियको एजेन्डाले मात्र सम्भावना छ त्यहि अनुरुप क्रियासिल राप्रपा क्रियासिल पनि छ।यस्तो जनपक्षीय चिन्तन वोकेको तथा सलफ नेताहरुले नेतृत्व गरेको राप्रपा लाई यसपटक मतदान गर्ने अवसर जनताले अवस्य गुमाउने छैनन।

 

राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र नेपालको पहिचान हो विदेशी दवाव र प्रभावमा आयको यो व्यवस्था मुलुक र माटो सुहाउँदो छैन।हाम्रो पहिचान अहिलेका विकाउ नेताहरुले गुमायका छन। यो गुमेको पहिचान स्थापित गर्न यो निर्वाचनमा राप्रपाको सानदार उपस्थिति अनिवार्य भयको छ। राप्रपा यहाका राजनीतिक दलहरुको वैकल्पिक शक्ति मात्र हैन यो त व्यवस्थाको नै वैकल्पिक शक्ति हो।तसर्थ आउदो मंसिर ४ गते स्वाभिमानी नेपाली हरुले राप्रपाको पक्षमा मतदान गरेर यसलाई मुलुक संचालनको जिम्मेवारी दिने ऐतिहासिक हवसर नगुमाऔ ।

लेखक राप्रपा महिला संगठनको केन्द्रीय सदस्य हुन ।