२०८१ बैशाख ८ , शनिवार

मौद्रिक नीतिबाट व्यवसायी तथा बैंकर्सहरु निराश हुनुपर्दैन : डेपुटि गभर्नर मिश्र

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिपछि उद्योगी व्यवसायी तथा बैंकर्सहरु निराश हुनुपर्ने अवस्था नभएको बताउनुभएको छ ।

 

आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डेपुटि गभर्नर मिश्रले उद्योगी व्यवसायी तथा बैंकर्सले मौद्रिक नीतिपछि सबै क्षेत्र खत्तम भयो भन्ने स्थिती नभएको बताउनुभयो । मिश्रले एक जना मान्छे सामान्य बिरामी भएर अस्पतालमा गयो भन्दैमा आइसियुमा हाल्न नहुने बताउनुभयो । उद्योगी, व्यवसायी र बैंकर्सले अहिलेको मौद्रिक नीतिलाई नराम्रो तरिकाबाट नहेर्न आग्रह गर्नुभयो ।

 

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिले ७ प्रतिशत मूल्यवृद्धि कायम राख्न असम्भव रहेको बताउनुभयो । उहाँले मौद्रिक नीतिमा ८ प्रतिशतको ग्रोथ रेट र मूल्यवृद्धिलाई ७ प्रतिशतमा सिमति राख्ने लक्ष्य महासंघलाई वास्तविक नलागेको बताउनुभयो ।