२०८१ बैशाख ७ , शुक्रवार

बैंकर्स संघले गर्‍यो ब्याजदर नबढाउने सहमति

सुनाखरी न्युज / काठमाडौ । नेपाल बैकर्स संघले तत्कालै ब्याजदर नबढाउने सहमति गरेको छ । संघको शुक्रबार बसेको बैठकले अहिलेको लागि ब्याजदर यथावत राख्ने सहमति गरेको हो ।

 

‘अहिले ब्याजदर परिवर्तन गर्न मिल्ने भएपनि १० दिनको लागि यथावत राख्ने सहमति भएको छ,’संघका एक सदस्यले भने । नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु परिवर्तन गरेपछि ब्याजदर परिवर्तन गर्न सक्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले बैंकदरलाई ७ प्रतिशतबाट बढाएर साढे ८ प्रतिशत बनाएको छ ।

यस्तै एकीकृत निर्देशिकामा संस्थागत तर्फ मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतभन्दा २ प्रतिशत बिन्दुले कम हुनुपर्ने निर्देशन दिएको हो । साउन महिनाको लागि ब्याजदर यथावत राख्ने भदौ महिनामा के गर्ने विषयमा साउनको अन्तिममा निर्णय लिने सहमति संघको बैठकमा भएको छ ।