२०८२ फाल्गुन ३० , शनिवार

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका गुरुङ्गको शव सशस्त्र प्रहरीद्वारा फेला

सुनाखरी न्युज/ काठमाडौं । कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका १७ दोविल्ला स्थित फुस्रे खोलामा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले साउन ३ गते फेला पारेको छ ।

नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ घर भई पोखरा महानगरपालिका १४ बस्ने २४ वर्षिय विवेक गुरुङ्ग उक्त खोलामा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक उमेश ढकालको कमाण्डमा खटिएको गोताखोर सहितको टोलीले खोजीकार्य गर्दा उनको शव घटनास्थल भन्दा करीव २ सय मिटर तल पानीमा बगिरहेको अवस्थामा फेला पारेको हो ।