२०८२ फाल्गुन २६ , मंगलबार

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बैठक बस्दै

सुनाखरी न्युज/ काठमाडौं –

आज संसदीय छानबिन समितिको बैठक बस्दैछ।

 

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो। बिहीवार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको बैठकले अर्थ मन्त्रालयबाट पूर्व अर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरण नआएकाले ठोस एजेण्डामा छलफल हुन नसकेको बताएको थियो।

 

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै एमालेका ४ जनासहित ११ सदस्य रहेको संसदीय विशेष छानबिन समिति बनेको छ।