२०८१ बैशाख १२ , बुधवार

२१४७ अंकमा पुगेको शेयर बजार अन्तिम प्रहरमा किन खस्कियो ?

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो कारोबारको दिन आज सोमबार सामान्य अंकले घटेको छ । आजको कारोबारको सुरुवात देखि नै उच्च अंकले बढिरहेको नेप्से अन्ततः सामान्य अंकले घटेर बन्द भएको छ ।

 

आज नेप्से ९.७५ अंकले घटेर दुई हजार ७६ दशमलब ६७ विन्दुमा पुगेर बन्द भएको हो । आइतबार नेप्से ५७.६१ अंकले बढेर दुई हजार ८६ दशमलब ३८ विन्दुमा पुगेर बन्द भएको थियो । त्यस्तै, आज शेयर बजार घटेपनि कारोबार रकममा भने उछाल आएको छ । आज नेप्सेमा ४ अर्ब ३४ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार एक दुई ४८ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

आज कारोबार भएका ७१ कम्पनीको शेयरमूल्य बढेको छ भने ११६ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४०३.६० रुपैयाँ पुगेको छ भने ङादी ग्रुप पावरको शेयरमूल्य आज ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २८९.९० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार ग्लोबल आईएमइ बैंक डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १७ करोड ९८ लाख भन्दा बढीको कारोबार भएको छ ।