२०८१ बैशाख १४ , शुक्रवार

मन्त्रिपरिषद् हेरफेर (सूचीसहित)

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको छ ।

 

प्रधानमन्त्रीले जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्रीलाई बिदा गर्दै नयाँ नियुक्त गर्नुभएको हो । भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव नियुक्त हुनुभएको छ ।

 

भौतिक पूर्वाधारमन्त्री रेणु यादव, वनमन्त्री रामसहाय यादव र कृषिमन्त्री महेन्द्रराय यादवलाई जसपाले फिर्ता बोलाएको थियो । गएको साता नेकपा एकीकृत समाजवादीका चार मन्त्री फेरिएका थिए ।