२०८१ बैशाख ४ , मंगलबार

रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता

सुनाखरी न्युज/ काठमाडौं –

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर निर्वाचन आयोगले उक्त पार्टीलाई मान्यता दिएको हो ।

 

दल दर्ता भएसँगै उक्त पार्टीलाई चुनाव चिह्न ‘गोलाकारभित्र घण्टी’ दिइएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । लामो समय पत्रकारिता क्षेत्रमा रहेका रविले असार ७ गते एक कार्यक्रमबीच ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरेका थिए । निर्वाचनमा ‘राइट टु रिकल’को प्रबन्धको माग पनि आफूहरूको प्रमुख एजेन्डा भएको लामिछाने बताउँछन् ।

 

पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा लामिछानेले गरेका छन् ।आयोग परिषरमा उनले भने, ‘हामीले थोरै कुरा मात्रै भन्न पाएका छौं । अब हामी पार्टी निर्माण गर्न जनतामा जान्छौं र आफ्ना कुरा भन्दै जान्छौं ।’