२०८१ बैशाख ६ , बिहिवार

अरुणा, मनिषा र सरगम मध्ये को होला सर्वोत्कृष्ट ?

सुनाखरी न्युज/ पोखरा  –

छैटौं सस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को एउटा महत्वपूर्ण विधा हो वर्ष उत्कृष्ट महिला खेलाडी । यो विधाको मनोनयन सूचीमा भलिवलकी अरुणा शाही, क्रिकेटकी मनिषा उपाध्याय र करातेकी सरगम कुमाल परेका छन् । उनीहरु मध्ये एकजनाले सर्वोत्कृष्ट बन्दै अवार्ड हात पार्नेछन् । यो अवार्ड कसको पोल्टामा पुग्ने हो आ–आफ्नै अड्कलबाजी हुन थालेको छ ।

 

अड्कलबाजीबाबिच उत्कृष्ट तीनबाट अब्बल बन्दै महिला तर्फ वर्ष उत्कृष्टको ट्रफी कस्ले चुम्ने हो शनिबार ३ बजेपछि थाहा हुनेछ । यो विधाको अवार्ड विजेताले ट्रफी सहित टेल जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटरको हातपार्ने आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए । अवार्ड कार्यक्रम पोखरा सभागृह हलमा आयोजना हुनेछ ।

 

अरुणा शाही
भलिबलमार्फत नेपालको नाम अन्तर्राष्ट्रियस्तरसम्म पहिचान गराउन सफल व्यक्तित्वको नाम हो– अरुणा शाही । नेपालको महिला भलिबल टिम सम्हालेकी उनै अरुणाको कप्तानीमा गत वर्ष नेपालले बंगलादेशमा सम्पन्न एशियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा उपाधि रक्षा गर्न सफल भयो । देशको गौरव बढाउने गरी यी र यस्तै सफलता हासिल गर्दै आएकी अरुणाको जन्म गण्डकी प्रदेशको म्याग्दी जिल्लामा भएको हो । बाबु कुविर शाही र आमा कर्णकुमारी शाहीकी छोरी अरुणाको जन्म २०५१ सालमा भएको हो ।

 

विद्यालय शिक्षा पोखराकै ज्ञानुबाबा आवासीय माविबाट हासिल गरेकी उनी नेपाल खेलकुद पत्रकार मञ्चले पोखरामा आयोजना गरेको दोस्रो पोखरा स्पोर्टस् अवार्डमा वर्षमहिलाको उपाधिबाट पनि सम्मान भएकी थिइन् । २०६४ सालदेखि भलिबल खेल्न थालेकी उनले सुरुआतमा अन्तरविद्यालय जिल्लास्तरको टुर्नामेन्टमा भाग लिएको स्मरण गर्छिन् । सन् २०१४ मा नेपालमा भएको माल्दिभ्ससँगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी उनले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । त्यससँगै उनले भारतसँगको मैत्रीपूर्ण खेल, साउथ एशियन आमन्त्रण भलिबल च्याम्पियनसिप लगायतमा सफलता हासिल गरिन् ।

 

सातौं तथा आठौं राष्ट्रिय खेलकुद, १३ औं सागलगायतका राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा भाग लिएर नतिजा दिएकी छन् । सातौं राष्ट्रिय खेलकुदमा कास्य, आठौंमा चांैथो स्थान हासिल गरेकोमा १३ औं सागमा उनको टिमले रजत जितेको थियो । सन् २०२१ मा सेन्ट्रल जोनमा स्वर्ण जित्दा उनी बेस्ट सेटर घोषित भएकी थिइन् । त्यस्तै एनभिए च्याम्पियनसि–२०७८ मा पनि बेस्ट सेटर घोषित भएकी थिइन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर प्लेयर अफ द इयर २०७७ मा दर्शक च्याइसको उनले उपाधि थिइन् । असार १८ गते पोखरामा हुने छैटौं पोखरा स्पोर्टस् अवार्डमा फेरि वर्ष खेलाडी महिला विधामा मनोनीत भलिबलकी सफल कप्तान अरुणा यो एचिभमेन्टमा खुसी व्यक्त गरिन् ।

मनिषा उपाध्याय
गण्डकी प्रदेश महिला क्रिकेट यु–१९ टिमकी कप्तान हुन् मनिषा उपाध्याय । उनी खेलकुदमा लागेको धेरै समय भएको छैन् । क्रिकेटमा आफ्नो भविष्य खोजिरहेकी १६ वर्षिया उपाध्याय क्रिकेट खेल्न लागेको ५ वर्षमात्रै पुगेको छ । बझाङ १० दामोदर जन्मिएकी उनको घर धनगढि ७ महानेहरामा हो । तर, उनको बसाई भने पोखरा रहेको छ । कक्षा १२ मा अध्ययन गर्दै गरेकी उनले ८ कक्षा पढ्दादेखी खेल्न सुरु गरेकी हुन् । आफ्नो क्रिकेट जिवनको यात्रा उनले कास्कीबाट नै डेब्यु गरेकी हुन् ।

 

क्रिकेट सिकेको पाँच वर्षमा नै उनले गण्डकी प्रदेश यु–१९ को कप्तानी मात्रै गरिनन् उनी नेपाली महिला राष्ट्रिय टोली सदस्य समेत हुन् पुगिन् । सानै उमेरमा ठुलो उपलब्धि हासिल गरेकी उनी खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्न लागेको पोखरा स्पोट्र्स अवार्ड वर्ष उत्कृट महिला खेलाडीको मनोनयनमा परेकी छिन् । वर्ष उत्कृष्ट महिला खेलाडी मनोनयनमा परेकोमा आफुलाई निकै खुसी लागेको उनको प्रतिक्रिया रहेको छ । उनी पाँच वर्षदेखी निरन्तर कास्की र गण्डकीकै प्रतिनीधित्व गरिरहेको बताउँछिन् । उनको कप्तानीमा रहेको गण्डकीको यु–१९ टिमले २०७८ सालमा प्रदेश स्तरीय यु–१९ प्रतियोगितामा उपाधी उचालेको थियो ।

 

यतिमात्र होइन उनको खेल कौशलकै कारण हालैमात्र यु–१९ एशिया क्वालिफाई खेल खेलेर आएकी हुन् ।  सोहि खेलको प्रदर्सनले उनलाई नेपाली सिनियर राष्ट्रिय महिला टोलीमा प्रवेश गराएको थियो । तर स्वास्थ्यमा समस्या आएपछि अहिले उनी उपचारत रहेकी छिन् । उनले प्रदेशको प्रतिनिधित्व गर्दै ३ पिएम कप, राष्ट्रिय यु–१९, यु–१९ एशिया कप लगायत प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन् । अहिले भने एपेन्डिक्सका कारण उनी उपचारमा रहेकी छिन् ।

सरगम कुमाल
पोखराको रिठ्ठेपानीमा १७ वर्षअघि जन्मिएकी सरगम कुमालले छोटो समयमै उत्कृष्ट सफलता हासिल गरेकी छन् । बाबु शंकर कुमाल र आमा मधु कुमालका ३ सन्तानमध्ये उनी दोस्रो सन्तान हुन् । लिटल प्mलावर्स एजुकेश्नल एकेडेमीबाट एसइई पूरा गरेकी उनी हाल जुनियर सिटिजन्स एकेडेमीमा कक्षा १२ मा साइन्स पढिरहेकी छन् । सरगमले १२ वर्षको छँदा कराते प्रतियोगितामा डेब्यु गरेकी हुन् । २०७३ सालमा पश्चिमाञ्चल क्षेत्रीय पुरुष÷महिला फुल कन्ट्याक्ट कराते च्यापियनसीपमा उनले महिलातर्फ ३० केजी तौल समूहमा दोस्रो स्थान हासिल गरिन् । यो सफलतासँगै उनले लगातार अन्य प्रतियोगितामा निरन्तर सहभागिता जनाउँदै गइन् । र, मेडल पनि हात पारिन् ।

 

उनी अघिल्ला वर्ष भएको २१ औं राष्ट्रिय माछापुच्छे« फुल कन्ट्याक्ट कराते तथा तेस्रो क्युकोशिन कान कराते प्रतियोगिता–२०७८ मा प्रथम हुन सफल भएकी थिइन् । सन् २०२१ मा भएको तेस्रो अल नेपाल क्युकोशिन कान करातेमा प्रथम हुँदा उनी बेस्ट फाइटर समेत घोषित भइन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४५ केजी तौल समूहमा रजत जितेको क्षणलाई उनी सबैभन्दा ठूलो उपलब्धि ठान्छिन् । करियर सुरुआतक्रममा उनले १७ औं राष्ट्रिय माछापुच्छे« फुल कन्ट्याक्ट कराते तथा छैटौं क्योकुशिन बुदो काई करातेमा प्रथम स्थान हासिल गर्न सफल भएकी थिइन् । उनले त्यसबेला ४० केजी तौल समूहमा सो सफलता हासिल गरेकी हुन् ।

 

यस्तै, २०७५ सालको १८ औं माछापुच्छे फुल कन्ट्याक्ट कराते तथा सातौं क्युकोशिन बुदो काइ करातेमा पनि प्रथम नै भइन् । सोही वर्ष सम्पन्न छैटौं कास्की जिल्लास्तरीय करातेमा ४५ केजी तौल समूहमा दोस्रो, सन् २०१८को अल नेपाल क्युकोशिन कान करातेमा प्रथम भइन् । १९ औं माछापुच्छे« गण्डकी प्रदेश फुल कन्ट्याक्ट कराते तथा प्रथम क्युकोशिन कान करातेमा ४० केजी तौल समूहमा प्रथम, लालबन्दीमा भएको अर्को प्रतियोगितामा पनि प्रथम नै हुन सफल सरगम सन् २०१९ को राष्ट्रियस्तरको फुल कन्ट्याक्ट करातेमा ४५ केजी तौल समूहमा तेस्रो बनेकी थिइन् । करातेमा जमेकी पोखरेली चेली सरगमको जीवनको लक्ष्य भने आर्मी बन्ने हो । विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्च गण्डकीले आयोजना गर्ने अवार्ड कार्यक्रममा वर्ष खेलाडी महिला सहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट उदियमान खेलाडी र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने महासचिव पौडेलले प्रष्टाए ।

 

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आभ्या क्लब, युनाइटेड नेसनको वातावरण पार्टनर टेल जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, परिचय एड्भर्टाइजिङ, चिल्लिबार एण्ड रेष्टुरेन्ट, टाइगर गुप्र अफ पोखरा, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, जापानबाट पूर्व अध्यक्ष मोहन घले, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, मनकामना पेट्रोलपम्प, शितलज्योती युवा क्लब, लाइफकेयर डाईग्नोस्टिक्स एण्ड रिर्सच सेन्टर, सुनगाभा न्युज, स्टेशन गैह्रापाटन, सिटीजन फर्निचर, जिल्ला खेलकुद विकास समिति कास्की, गण्डकी एण्ड धौलागिरी सप्लायर्स प्रालि लगायत सहयोगीको रुपमा जोडिएको मञ्चले जनाएको छ ।

 

यसैगरी पोखरा रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा परिवारको तर्फबाट विगतदेखि प्रदान गर्दै आएको उत्कृष्ट खेल पत्रकार पुरस्कारलाई यसपाली समेत निरन्तरता दिनेछ । अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा गायक विनोद वानिया, हाँस्यकलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रज्ञा प्रतिष्ठानको कल्चरल नृत्य, गण्डकी बिव्वाइजको बिबोइङ नृत्य, मन क्षेत्रीको गजल वाचन तथा दीपक गोदारको संयोजकत्वमा डेमोस्ट्रेशन रहनेछ । दिउँसो ३ बजे सुरु हुने कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको मञ्च अध्यक्ष दीननाथ बरालले बताए ।