२०८१ बैशाख ७ , शुक्रवार

एक साताभित्र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति सिफारिस : प्रमुख निर्वाचन आयुक्त

सुनाखरी न्युज/ काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अबको एक साताभित्र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति सिफारिस गर्ने बताउनु भएको छ ।

निर्वाचन आयोगले आज राजधानीमा गरेको केन्द्रीय निर्वाचन समीक्षा कार्यक्रममा प्रमुख आयुक्त थपलियाले अवको पाँच सात दिन भित्र आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति सिफारिस गर्ने बताउनु भएको हो । निर्वाचन आयोगले प्रस्ताव गर्ने मितिमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुने आयोगले जनाएको छ ।

आयोगले सिफारिस गरेकै मितिमा स्थानीय तहको निर्वाचन भएको भन्दै प्रदेश र सघको आसन्न निर्वाचन पनि आयोगले प्रस्ताव गरेको मितिमा नै हुने प्रमुख आयुक्त थपलियाले बताउनुभयो । निर्वाचन आयोगले यसअघि सातवटै प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम सम्पन्न गरी केन्द्र तहमा आज समीक्षा गरेको हो । समीक्षा कार्यक्रमा गत स्थानीय तह्को निर्वाचन ताका देखिएका समस्या र तीनको सुधारका उपाय हरु प्रस्ताव गरिएको छ ।