२०८१ बैशाख ७ , शुक्रवार

चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा छ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

कैलाली – गोदावरी नगरपालिका-३ मालाखेतीस्थित रेडियन्ट ग्याँस कम्पनीको जमीनमा रोपाइँ गर्ने क्रममा कञ्चनपुर कृष्णपुर नगरपालिका-५ बस्ने ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ् लागेर मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

कैलाली – कैलारी गाउँपालिका-१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुगपंखी देवी चौधरीको आफ्नै घर नजिक खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । चट्याङ् लागेर अशक्त भएकी उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

 

कञ्चनपुर – पुर्नवास नगरपालिका-६ न गाउँ बस्ने ४० वर्षीय देपेन्द्र श्रेष्ठ र सोही नगरपालिका-८ क गाउँ बस्ने २५ वर्षीया शारदा थापाको आ-आफ्नो खेतबारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

रूपन्देही – सियारी गाउँपालिका-२ च्याङठा बस्ने ४५ वर्षीय रामनाथ बरईको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

नवलपरासी (पश्चिम) – सुनवल नगरपालिका-९ स्वाठी बस्ने ६० वर्षीया मराछी चौधरीको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । रामग्राम नगरपालिका-१० लक्ष्मीपुरास्थित छोरीको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर अशक्त भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।